नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत
- मंसिर २५, २०८०
- 0

अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासंगको परामर्श बैठकमा उनले, सरकारले लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् ।
लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।
मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए ।
सो अवसरमा सरोकारवालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए ।
सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे ।
0 प्रतिक्रिया
घलेले आह्वान गरे एनआरएनएभित्र बृहत् एकताका लागि अपिल

गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संस्था भित्र बृहत् एकताका लागि अपिल गरेका छन्। शुक्रवार […]
आर्थिक विकास र पूर्वाधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक वित्त आवश्यक : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक […]
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र […]
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस् : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको […]
सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा […]