बल्खुमा युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच झडप
- मंसिर ७, २०८०
- 0
बल्खुमा नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ । प्रसाईको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ता प्रवेश गरेपछि झडप भएको बताइएको छ ।
युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ ।
दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।
आज युवा संघ र प्रसाईंले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ भने दुर्गा प्रसाईंको समूहले बल्खु चोकमा गर्दैछ ।
0 प्रतिक्रिया
माओवादी केन्द्रीय समितिको छैठौं बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा
नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा […]
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो […]
एमाले केन्द्रीय कमिटी बैठक : पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका […]
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]
राज्य व्यवस्था समिति बैठकमा ‘चर्काचर्की’, शुक्लाफाँटमा भारतीय हस्तक्षेप रोक्न माग
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ […]