निगम र ग्यास उद्योगीबीच तीनबुँदे समझदारी, ग्यासको बिक्री वितरण सुचारु

news-details

आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमबीच तीनबुँदे समझदारी भएपछि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सुचारु हुने भएको छ ।

यस अघि ग्यास उद्योगीहरुले सरकारले आफ्नो माग सम्बोधन नगरे फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्द गर्ने चेतवानी दिए पछि बजारमा ग्यासको चरम अभाव देखिएको थियो । सम्झौतालगत्तै ग्यास उद्योगीहरुले पूर्वनिर्धारित आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएका हुन ।

सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा मंगलबार निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो । उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । (रासस)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *