निगमले फागुनबाट सिधै जापान उडान भर्ने, चैतबाट चिनमा पनि उडान शुरु गर्ने तयारी
- माघ २०, २०७५
- 0

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले फागुनबाट जापानमा सिधै उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले निगमलाई विमान सञ्चालन अनुमतिपत्र प्रदान गरेसँगै जापानी शहर ओशामा उडान भर्ने भएको हो ।
प्राधिकरणले निगमको ए ३३० वाइड बडी विमानलाई काठमाडौँ ओशाका उडानका लागि अनुमति दिएको हो । निगमले आगामी चैतभित्रै चिनियाँ शहरहरूमा समेत उडान सुरु गर्ने तयारी गरेको ।
निगमले हाल नयाँ दिल्ली, बंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारको उडान गर्दै आएको छ ।
चीन, दक्षिण कोरिया र साउदी अरबमा निकट भविष्यमै उडानका लागि निगमले प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुई वटा वाइड बडी, एक न्यारो बडी र एउटा बोइङ विमान छ ।
0 प्रतिक्रिया
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ […]
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]