प्रवासी नेपाली मंच युएईको आवुधावी इकाई कमिटि गठन, अध्यक्षमा नारायण खडका

news-details

नेकपा एमालेको सुभेच्छुक संस्था प्रवासी नेपाली मंच युएईले नारायण खडकाको अध्यक्षतामा आवुधावी इकाई कमिटि गठन गरेको छ ।

प्रवासी नेपाली मंच युएई, अबुधावी राज्य कमिटीका अध्यक्ष नारायण केसिको अध्यक्षतामा बसेको भेलामा प्रवासी नेपाली मंच युएईका उपाध्यक्ष याम बहादुर पुरकोटिको प्रमुख आथित्यता तथा अबुधाबी राज्य कमिटी इन्चार्ज शिव जङ्ग गुरुङ र एनआरएनए युएइका सचिव सुमन पराजुलीको आतिथ्यता रहेको थियो । उक्त भेलाले खडकाको अध्यक्षतामा १३ सदस्यीय राज्य कमिटि गठन गरेको हो ।

यस्तै भेलाले अबुधाबी इकाई कमिटीको  इन्चार्जमा  मदन पौडेललाई मनोनयन गरेको छ भने नवगठित इकाई कमिटिको  उपाध्यक्षमा निम पासाङ, सचिवमा जिना बिष्ट, सदस्यहरुमा प्रेम अधिकारी, दिर्घ राई, भक्त थापा, आशिष श्रेष्ठ, अमृत तामाङ, उदयमान भट्टराई, सुरज गुरुङ, मनोज लामा, दिपक बुढाथोकी र कृष्ण बहादुर बिष्ट चयन भएका छन ।

मंचको अबुधाबी राज्य कमिटीका सचिव रोशन चौहानले संचालन गरेको कार्यक्रममा अबुधाबी राज्य कमिटी सचिवालय सदस्य देवराज कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा प्रवासी नेपाली मंच युएईका राष्ट्रिय कमिटी उपाध्यक्ष याम बहादुर पुरकोटीले नयाँ इकाइ कमिटिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *