दुई बर्षे श्रम स्वीकृतिको बाध्यता हट्यो, वैदेशिक रोजगारको करार अवधि सम्झौता अनुसार हुने
- चैत्र १, २०७९
- 0
सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोपमा तोकिएको दुई वर्षे करारपत्रलाई बिहीबारबाट हटाएको छ ।
वैदेशिक रोजगारको करार अवधि सम्बन्धित गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति तथा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताका आधारमा तय हुने भएको छ।
यसअघि सरकारले जिटुजी प्रकृयामार्फत् गएका बाहेकलाई दुई वर्षको मात्रै श्रम स्वीकृति दिँदै आएको थियो। त्यो अवधिभन्दा बढी गन्तव्य मुलुकमा रहे नेपाल सरकारले ति श्रमिकलाई अवैध मान्ने गरेको थियो।
जसले गर्दा विभिन्न सेवासुविधाबाट समेत ठूलो संख्यामा श्रमिकहरू बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको थियो। यहि अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्ती स्तरीय निर्णयबाट सम्झौता पत्रमा तोकिएको अवधिकै श्रम स्वीकृति दिने भएको हो।
गन्तव्य मुलुकस्थित नेपाली नियोगहरूबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरिएको छ।
0 प्रतिक्रिया
सशस्त्रका चार डीआईजीको म्याद थप्ने सरकारको निर्णय
सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह […]
नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज
विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । […]
उर्जा मन्त्रालयको स्पष्टोक्ति : ‘जगदुल्ला ठेक्का प्रकरणमा मन्त्री खड्काको कुनै संलग्नता छैन’
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ । उर्जामन्त्री खड्काका स्वकीय […]
‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आफैं राजनीतिमा सक्रिय हुन चाहेका हुन्’ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् । […]
उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो : जगदुल्ला हाइड्रोपावर
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा […]