५ जना स्टाफ नर्सलाई मन्त्रालयले हटायो सेवाबाट
- फाल्गुन ३०, २०७९
- 0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको सेवाबाट पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।
बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।
उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।
गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि सेवाबाट हटाइएको आज मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
0 प्रतिक्रिया
घरेलु महिला कामदारहरुलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरुलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् […]
दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका दुर्गा प्रसाईँसहित सातजना डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले हिजो […]
उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीस नियुक्त भएका छन् । न्यायपरिषदको आजको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश […]
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । […]
सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको […]