‘एनआरएनए एनसीसी एक परियोजना’ अन्तर्गत ओमानले गर्यो महोत्तरी जिल्लाको विद्यालयलाई सहयोग
- रोजगारमञ्च
- पुस १३, २०७९
- 0
गैरआवासीय नेपाली संघको ‘एनसीसी एक परियोजना’ अन्तर्गत गैरआवासीय नेपाली सोसल क्लब ओमानले महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका ६ स्थित श्री माध्यमिक गोनारापुरालाई प्रबिधि मैत्री शिक्षाका सहयोग हस्तान्तरण गरेको छ ।
एनसीसी ओमानले उक्त विद्यालयलाई २ लाख १५ हजार रुपैया लागतको ४ थान कम्प्युटर, प्रिन्टिर तथा इन्भटर सहयोग गरेको हो । बिद्यालयमा लगभग १३० जना बिद्यार्थीहरुले ऐच्छिक कम्प्युटर बिषय लिएर पठनपाठन भइरहेकोमा प्रयाप्त कम्प्युटर नहुँदा प्राटिकल गर्न असहजता भइरहेको विद्यालयले जनाएको थियो ।
गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झाले बिद्यालयको स्थलगत भ्रमण गरि केन्द्रिय बैठकमा छलफल गरेर सहयोग गर्ने निर्णय गरेका थिए ।
बिद्यालयमा पुष १२ गते मंगलबार एक कार्यक्रम आयोजना गरि कम्प्युटर, प्रिन्टिर र इन्भटर सहयोग गरिएको एनसीसी ओमानले जनाएको छ । सो अवसरमा विद्यालयले गैरआवासीय नेपाली सोसल क्लब ओमानलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ । कार्यक्रममा बिद्यार्थी, शिक्षक, प्रधानाध्यापक, बिद्यालय व्यावस्थापन समिति गैरआवासीय नेपाली सोसल क्लब ओमानका प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।