हङकङमा हिमालयज क्राफ्टको दोश्रो विक्री शाखा विस्तार
- रवि रोषी
- मंसिर २९, २०७९
- 0
हालैमात्र हङकङमा हिमालयज क्राफ्टको दोश्रो विक्री शाखा विस्तार भएको छ ।
विगत लामो समय देखि हङकङमा बसी आफैंले नेपालमा नेपाली हस्तकलाको उत्पादन र हङकङमा विक्री गर्दै आएका युवा व्यवशायी आकाश बन्जाराले गाँजाको डाँठको रेशाबाट तयारित बहुमूल्य कपडाहरु, विभिन्न प्राग आकृति कपडाहरु, ध्वनि चिकित्सामा प्रयोग गरिने सिंगीङ बाउल, काष्ठकलाका विभिन्न सामाग्रीहरु, धातुका बहुमूल्य मूर्तिहरु, क्रिस्टलका किमती कलात्मक बस्तुहरु, केमिकलरहित वास्नादार धूपहरु, चित्रकला, प्रस्तरकला लगायतका नेपाली उत्पादित वस्तुहरु हङकङलाई व्यापारिक पैठारी केन्द्र बनाएर विगत १२ बर्ष देखि व्यवशायिक उत्पादनसहित व्यापारिक पेसामा आवद्ध रहेका छन ।
हालैमात्र यसको बृहत्तर बजारको मागलाई मध्यनजर गर्दै साझेदारी रुपमा चिनको गोन्जाओ, भियतनामको हनोइ, अमेरिका लगायत ५ देशमा विक्री सेवा बढाउने कार्य भैसकेको पनि उनले बताए । हालै माात्र विश्व बजारमा यसको मागको बढोत्तरी हुन थालेपछि एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकाल र नेपाली युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बन्जाराले संयुक्त रुपमा स्वदेशी उत्पादनहरुलाई विश्व बजारमा आफ्नो पहुँच तय गरेर स्थापित हुन संयुक्त रुपमा जोडिएर अघि बढ्न लागेको बताए ।
नेपाली युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बन्जाराले नेपालमा नै कलात्मक काष्ठकला लगायत विभिन्न वस्तुहरुको उत्पादन गर्ने कारखाना खोली नियमित रुपमा १४५ जनालाई नेपालमै रोजगार दिदै आएका छन ।
हङकङका सफल नेपाली व्यवशायी बन्जाराले नेपालका विभिन्न उत्पीडित विपन्न टुहुरा बालबालिका लागि आवासीय सुविधासहितको पूर्ण शिक्षाको लागि थुप्रैलाई सहायता गर्दै आएका छन र सिमन्ताकृत चेपाङ बालबालिकाको लागि दर्जनौं पटक पाठ्यामाग्रीसहित खाद्य सामाग्री प्रदान गर्दै आएका छन ।