नेपाली ब्यवासायी संघ कतारको सल्लाहकारमा अलिमिया र भट्टराई मनोनीत
- मंसिर २४, २०७९
- 0
कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली ब्यवसायी संघ कतारले दुई सल्लाहकार मनोनीत गरेको छ ।
संघको शनिबार बसेको बैठकले संघको कानुनी सल्लाहकारमा प्रो. रमजान बाबु अलिमिया र सल्लाहकारमा इन्जिनियर अर्जुन भट्टराईलाई मनोनित गरेको हो ।
कतारमा कानुनीरूपमा दर्ता भएको ब्यवसायी संघले आफ्नो गतिविधिलाई थप प्रभाबकारी बनाउन कतारमा राम्रो अनुभव भएकालाई सल्लाहकार मनोनीत गरेको संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताए ।
संघले भर्खरै नेपाल सरकारसँग त्रीपक्षीय सम्झौता गरेर नेपाल र कतारबीचको सम्बन्ध बिस्तार गर्ने र संघका सदस्यलाई बिमानस्थलमा सहजीकरण गर्ने वातावरण बनाएको छ ।
‘कतारको नेपाली समुदाय र कतारमा योगदान दिनु भएकालाई सल्लाहकार मनोनीत गर्दा संघलाई आवश्यक सल्लाह र सुझाव प्राप्त हुनेछ भन्ने अपेक्षा लिएका छौ’ अध्यक्ष चौलागाईंले बताए ।
बैठकमा भर्खरै नेपाल सरकारसँग भएको सम्झौताका बिषयमा आफ्ना सदस्यलाई जानकारी गराएको र भावी कार्यक्रमका बारे छलफल भएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।