घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका नायब सुब्बा पाण्डे पक्राउ
- कार्तिक २९, २०७९
- 0
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैङ्क खाता सुचारु गर्न सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अनुसन्धान गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिइएको हो ।
नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट ३० हजार रुपियाँ लिइसकेको अवस्थामा र खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपियाँ सहित पाण्डेकै कार्यकक्षबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
0 प्रतिक्रिया
धरौटीमा थुनामुक्त भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका […]
सूर्यदर्शन ठगी प्रकरण : तीनजना धरौटी बुझाएर रिहा
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै तीनजना धरौटी रकम बुझाए रिहा भएका […]
चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का
उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका […]
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । […]
मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली
दानबहादुर बुढा, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका […]