वैदेशिक रोजगारीबाट फर्किएकालाई निःशुल्क सीप परीक्षणको अवसर, आवेदन फाराम खोलियो

news-details

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकका लागि निःशुल्क सीप परीक्षणको अवसर खुलेको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, राष्ट्रिय सीप परिक्षण समितिसँगको सहकार्यमा सीप परीक्षणको लागि अवसर खुलाएको हो ।

प्रवद्र्धन बोर्डले एक सूचना प्रकाशित गर्दै विदेशमा आफूले गरेको विभिन्न कामको सीप परीक्षण गराएर प्रमाणपत्र पाइने र यसका लागि विभिन्न २० वटा पेशाका तह १ को परीक्षण गरिने जनाएको छ ।

यसरी परीक्षण हुने पेशामा विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर पलम्बर, स्काप फोल्डर, सटरिङ कार्पे्न्ट्रि, स्टोन लेयर मेसिन, विल्डिङ इलेक्ट्रीसिएन, इन्डस्ट्रियल इलेक्ट्रीसिएन, असिष्टेन्ट ब्यूटिसिएन, असिष्टेन्ट वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आल्मुनियम फेब्रिकेटर, रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स, सेक्युरिटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर, स्ट्रक्चरल फेब्रिकेटेर रहेका छन ।

आवेदन फाराम राष्ट्रिय सीप परिक्षण समितिको वेभसाइट www.nstb.org.np तथा प्रवद्र्धन बोर्डको सचिवालयको वेभसाइट www.fepb.gov.np  बाट निःशुल्क डाउनलोड गर्न सकिने छ । पुष ११ गतेसम्म आवेदन फाराम बुझाउन भन्दै सूचनामा आवेदन फाराम संकलन केन्द्रसमेत तोकिएको छ ।

हेर्नुहोस सूचना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *