एक हजार नेपाली कामदार शुन्य लागतमा मलेसिया पठाउन व्हाईटहर्ष मेनपावरको सम्झौता

news-details

नेपाली कामदार शुन्य लागतमा मलेसिया पठाउनका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्टले मलेसियाका अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिसँग सम्झौता गरेको छ ।

पछिल्लो समय मलेसियाले शून्य लागतमा नेपाली कामदार लिन थालेपछि नेपाली मेनपावर कम्पनीसँग औपचारिक कार्यक्रम नै गरेर सम्झौता गर्न थालेको हुुन् ।

मलेसियाको माई टेक र एसेम्ब्लीले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा एक हजार कामदार मलेसिया जान पाउने र केहि समयमै थप एक हजार कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले जानकारी गराए ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद हुने छैन ।’

रेष्पोन्सिबल विजनेश एलाइन्स (आरबिए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३००० भन्दा बढी श्रमिक कार्यरत छन । एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए ।

माइटेकले सेवाको अन्त्यमा एजेन्ट शुल्क, चिकित्सा परीक्षण, राहदानी, उडान टिकट, स्थानीय यातायात, आवास र स्वदेश फिर्ता लगायत सबै भर्ती खर्च बेहोर्ने एचआर लिले दावी गरे ।

यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले भर्ती टोली अन्तर्वार्ता र छनोट गर्न कामदारहरूले कुनै भर्ती शुल्क नतिर्ने कुरा सुनिश्चित गर्न काठमाडौंमा आएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *