हिमालयन बैंकको मोबाइल एपबाट मोबाइल बैकिङ सेवा
- मंसिर ४, २०७५
- 0
हिमालयन बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप (हाई–एम बि) सुरु गरेको छ । ‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ नाराका साथ यो मोबाईल एपको सुरुवात गरिएको हो ।
बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले एक कार्यक्रमकाबीच उक्त मोबाईल एपको सुरुवात गरेका हुन् ।
मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिन सकिने बैंकले जानकारी गराएको छ ।
त्यस्तै, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सकिनेछ ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउँदै जाने बताए ।