नेपाली युवा एक महिनादेखि लन्डनमा बेपत्ता
- असार १४, २०७९
- 0

लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।
उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।
0 प्रतिक्रिया
गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिन ओली, देउवा र प्रचण्ड सहमत

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका […]
वर्षा बाधक बनेपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट भएन

वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया […]
बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको छ । बैठक केहीबेरअघि सुरु […]
नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ […]
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् […]