राहदानी विभाग आइतबार पनि खुल्ने
- जेष्ठ १२, २०७९
- 0

राहदानी विभागले सार्वजनिक बिदा भएको दिन आइतबार पनि सेवा दिने भएको छ।
विद्युतीय राहदानी सहजरूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो।
विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो। त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खोलिने जनाएको हो।
राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।
0 प्रतिक्रिया
सदन अवरोध खुलाउन सभामुख र प्रमुख पाँच दलका सचेतकबीच छलफल

रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा […]
प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसदहरूले निलो खादा लगाएर आएकोप्रति कांग्रेसको नियमापत्ति

रास्वपाका सांसदहरूले निलो खादा लगाएर आएपछि प्रतिनिधि सभा बैठकमा काँग्रेसले नियमापत्ति गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले […]
‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम तयारीमा इप्पान

स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’(पीपीए)को प्रावधान खारेजीको माग गर्दै आन्दोलनको लागि आन्तिम […]
सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् । आज चितवनस्थित निजी […]
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर […]