कतारको जेलमा रहेका २१ नेपालीले पाए क्षमादान
- बैशाख ६, २०७९
- 0

विभिन्न कारण कतारको जेलमा रहेका २१ जना नेपालीले क्षमादान पाएका छन्।
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसरमा कतारस्थित कारागारमा रहेका २१ जना नेपालीलाई क्षमादान दिएको नेपाली दूतावासले जनाएको हो।
विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेकाहरूलाई क्षमादान पाएकाबारे सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दोहास्थित नेपाली दूतावासले आज सूचना जारी गर्दै जनाएको छ।
क्षमादान पाउनेहरूमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा २ र आर्थिक हिनामिनामा कसुरमा ५ जना रहेको सूचनामा उल्लेख छ।
0 प्रतिक्रिया
राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर […]
शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा, विद्यार्थी भर्ना अभियान प्रभावित

दिपेश पौडेल / रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको […]
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिन ओली, देउवा र प्रचण्ड सहमत

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका […]
वर्षा बाधक बनेपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट भएन

वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया […]