न्याय सेवा आयोगको बैठक : १८५ जनाको सरुवा, १४० जनालाई पदस्थापनका लागि सिफारिस (सूचीसहित)
- चैत्र ६, २०७८
- 0

न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।
बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यसैगरी आयोगको आइतबारको बैठकले सहसचिव, उपसचिव र शाखा अधिकृत गरी १४० जनालाई पदस्थापनका लागि सिफारिस गरेको छ ।
0 प्रतिक्रिया
आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र विद्यालय फर्कन सर्वोच्चको आदेश

तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित […]
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरु लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न […]
पदबहाली गर्दै शिक्षामन्त्रीले भने : ‘वार्ताबाट शिक्षकहरुको समस्या समाधानको प्रयास गर्छु’

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरुको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि […]
एनआरएनए : फुटको संघारमा !

विश्वभर रहेका नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद अझै मिल्न नसक्दा यो संस्था फुटको नजिक पुगेको छ […]
तस्वीरमा हेर्नुहोस एमाले युवाहरुको ‘युथ सेलिब्रेसन’

लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई […]