म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन
- माघ २०, २०७८
- 0

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन गरेको छ ।
वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन यसो गर्न लागिएको जनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ । हाल मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी दर्ता छन् ।
0 प्रतिक्रिया
रघुजी पन्त शिक्षामन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् […]
रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

काठमाडौं – लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत रिजन ११ का चेयर पर्सन लायन मेघा तिमल्सिनाले आफ्नो रिजन कन्फ्रेन्स आज […]
कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र […]
पहलगाम घटना : प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले आज कस्मिरको पहलगाममा भएको घटनाकाबारेमा […]
प्रधानमन्त्री र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]