भिजिट भिसामा खाडी राष्ट्र र मलेसियामा जान रोक
- माघ ७, २०७८
- 0

सरकारले खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जानका लागि रोक लगाएको छ।
माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नहुन्जेल रोक लगाइएको हो।
शुक्रबार गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा गएर विचल्लीमा परेको समाचार आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’
0 प्रतिक्रिया
स्कटल्याण्ड विरुद्ध लो स्कोरिङ थ्रिलरमा नेपालको संघर्षपूर्ण जित

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य […]
रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, […]
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर […]
सदन अवरोध खुलाउन सभामुख र प्रमुख पाँच दलका सचेतकबीच छलफल

रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा […]