मेनपावर व्यवसायीले धरौटी बृद्धि बिरुद्ध आन्दोलन गर्ने

news-details

सरकारले मेनपावर व्यवसाय संचालनका लागि धरौटी बृद्धिसहितको विद्येयक मन्त्रीपरिषदबाट पारित गरे पछि मेनपावर व्यवसायीहरु धरौटी बृद्धि बिरुद्ध आन्दोलनमा उत्रने भएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सोमबार बृहत व्यवसायी भेला आयोजना गरी धरौटी बृद्धिको निर्णय फिर्ता गराउँन सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

नेपाली वैदेशिक रोजगार व्यवसायी संघकै नेतृत्वमा आन्दोलनमा जाने भेलाले निर्णय गरेता पनि संघ भने धरौटी बृद्धिका विषयमा मौन छ ।
व्यवसायी भेलामा बोल्दै फोरमका अध्यक्ष हंशराज वाग्लेले भने–‘हामी संघलाई नै छाता संगठन मान्दै आएका छौ, संघले नेतृत्व नगरे हामी संघलाई नै अगाडि बढाएर आन्दोलनमा जान बाध्य हुन्छौ ।’

फोरमले बोलाएको व्यवसायी भेलामा उल्लेख्यरुपमा मेनपावर व्यवसायीहरुको उपस्थिती रहेको थियो । संघका अन्य पदाधिकारीहरुको उपस्थिति नरहेपनि द्धितिय उपाध्यक्ष भुवनसिंह गुरुङ र कोषाध्यक्ष राधिका कटुवाल भेलामा सहभागी थिए ।

अधिकांश व्यवसायीहरुले संघको कम्जोरीका कारण सरकारले धरौटी बढाएको भन्दै संघका अध्यक्ष रोहन गुरुङलगायत अन्य पदाधिकारीहरुको आलोचना गरेका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्री परिषदबाट पारित गराएर संसदमा छलफलका लागि पेश गर्न लागेको विद्येयकमा वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड गरी ५ करोड पु¥याउने र ५ हजार भन्दा कम कामदार पठाउनेको भने नगद १ करोड नगद र बैंक ग्यारेन्टी २ करोड गरी ३ करोड प्रस्ताव गरिएको छ ।

यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो । अब संसदबाट अनुमोदन भए उक्त निर्णय लागू हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *