जापानद्वारा सबै विदेशीलाई अनिश्चितकालको लागि मुलुक प्रवेश नदिने घोषणा
- मंसिर १३, २०७८
- 0

कोभिड-१९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
प्रतिबन्धको घोषणा गर्दै प्रधामन्त्री फुमियो किसिदाले भने, ‘खराब अवस्था आउन नदिन हामीले आपतकालिन निर्णय गरेका छौं ।’
एक महिना पहिले जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।
प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डलाई कडाइसँग पालना गर्न आग्रह गरेका छन् ।
0 प्रतिक्रिया
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष […]