मानव बेचबिखनको अभियोगमा पोखराबाट दुई पक्राउ
- कार्तिक ९, २०७८
- 0
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पोखराको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
-रासस
0 प्रतिक्रिया
प्रहरी नियन्त्रणका ५ घण्टामा देश निर्माणको रोडम्याप
शासकको बिरोध गर्न पाउनुपर्छ भनेर १४ वर्ष जेल बसेका रे केपी शर्मा ओली । आज देशको प्रधानमन्त्री छन् । उनकै […]
आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै
तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर […]
मौसम पूर्वानुमान : कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना […]
बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं […]
अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् […]