इजरायलमा ‘केयरगिभर’का लागि जान योग्य ११७५ जना कामदार छानिए (नामावलीसहित)

news-details

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जान योग्य सहायक कामदार (केयरगिभर) छनोटको नतिजा सार्वजनिक गरिएको छ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट एक हजार ६ सय उम्मेदवारको सूची इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेकोमा सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदारको सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन्।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।

विभागका अनुसार यसरी जाने कामदारको भिसा अवधि पाँच वर्षको रहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *