कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ
- भदौ १, २०७८
- 0

नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]
रास्वपा र राप्रपाको अवरोधकाबीच आज पनि संसद सुचारु

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध […]
अदालत हाजिर भए धवलशमशेर, आजैबाट थुनछेक बहस सुरु हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार […]
आकाशबाट देखिएको नागार्जुन, गोलढुङगा र बालाजु क्षेत्र (तस्बिरहरू)

काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र बालाजु क्षेत्र आजभोलि हरियाली […]