कोरोनाविरुद्धको खोप लगाउन अब ७७ वटै जिल्लामा अनलाइन फाराम अनिवार्य भर्नुपर्ने
- साउन ९, २०७८
- 0
स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ ।
काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताउनुभयो । साथै उहाँले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभएको छ ।
कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन शुरु गर्ने उहाँले बताउनुभयो ।
खोपका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् अनि भर्नुहोस्:
https://vaccine.mohp.gov.np