सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे यूरोपबीच रेमिट्यान्स कारोबारको सम्झौता
- साउन ४, २०७८
- 0

साइप्रसको ख्यातिप्राप्त कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता भएको छ ।
साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली तथा फ्रान्समा रहेका नेपालीहरूबाट सहज रुपमा नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले उक्त स्थानमा स्थापित कोरोना पे सँग कम्पनीले रेमिटान्स सम्बन्धी सम्झौता गरेको सिटी एक्सप्रेसले जनाएको छ ।
उक्त सम्झौता दुई कम्पनीबीच भएर हाल कार्यान्वयनमा समेत आइसकको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने जनाएको छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गेल्ब कोजलोपले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ भने, आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
0 प्रतिक्रिया
शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नतर्फ सरकारको ध्यान जानुपर्छ : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित इद मिलन […]
टी-२० सिरिजको उपाधिमा चुक्यो नेपाल, बसिरको उत्कृष्ट ब्याटिङका बावजुद कुवेतसँग ३ रनले पराजित

हङकङ टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार […]
उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका […]
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजारले बढेर […]
वीरगंजमा कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ, निषेधाज्ञा लम्बियो

पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा […]