पेट्रोलियम पद्धार्थको मूल्य १ रुपैयाँले घट्यो
- असार ३१, २०७८
- 0

पेट्रोलियम पद्धार्थको मूल्य सामान्य घटेको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । योसँगै पेट्रोल प्रतिलिटर १२८ रुपैया कायम गरिएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।
पेट्रोलियम पद्धार्थको छैटौं मूल्यवृद्धिविरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल आन्दोलित छन् । निगमले भनेको छ, ‘आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिनुहुनेछ भन्ने विश्वास छ ।’
0 प्रतिक्रिया
कोषाध्यक्षमा उम्मेदवारी दिएका बिक्रम श्रेष्ठ भन्छन ‘संघको कोष मजवुद र चलायमान बनाउने छु’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका बिक्रम श्रेष्ठले आफु निर्वाचित भएमा संघको कोषलाई मजबुद […]
यस्तो छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु

नेपाल सरकारले २०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा […]
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान, काठमाडौंमा र्याली

राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित […]
नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे […]
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई […]