कतारद्धारा विश्वकपबाट मानवअधिकार र खेलकुदमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता

news-details

२०२२ को फिफा विश्वकप आयोजना गरिरहेको कतारले विश्व फुटबलको महाकुम्भलाई आपसी समझदारी, शान्ति, स्थायित्व र समृद्धिको लागि लगानीका साथै मानवअधिकार र खेल क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रमुख आधारको रुपमा रहेको बताएको छ ।

कतारको संयुक्त राष्ट्रसंघका लागि प्रथम सचिव अब्दुल्लाह हमाद अल-नुएमीले खेलकुदको माध्यमबाट मानवअधिकार प्रबद्र्धन गर्ने विषयका लागि बिहीवार भएको प्यानल डिस्कसनमा सो प्रतिवद्धता जाहेर गरेका हुन् ।

२०२२ को फिफा विश्वकप र अन्य केहि प्रमुख खेलकुद प्रतियोगिता आयोजनाको तैयारीमा कतारले मानवअधिकारको ग्यारेन्टी गर्न गम्भीर कदमहरु चालिरहेको छ । यसले भौतिक संरचना निर्माणमा लागिरहेका कामदारका लागि आधारभूत आवश्यकता र मानवअधिकारको ग्यारेन्टि गरेको छ । यो कदमलाई अन्तराष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले पनि साथ दिएको अल नुएमीले जनाएका छन् ।

‘विश्वकप एउटा ग्लोबल भाषाको रुपमा विषेशगरी युवा माझ मानवअधिकारको प्रबद्र्धन र सुरक्षाको माग गराउन सक्ने क्षमता हुन्छ’ उनले थपे ।

विश्वमा कतै पनि फिफा बिश्वकप, ओलपिक्स, पारालिम्पिक्स अथवा एथ्लेटिक्स च्याम्पियनसिप आयोजना आर्थिक बिकास र सचेतना फैलाउने औजारको रुपमा रहेको कारण खेलकुदको महत्व यसमा साबित नै भैसकेको छ ।

क्षेत्रीय प्रतियागिताहरु धेरैपटक आयोजना गरिसकेको कतारले पहिलोपटक विश्वकपको आयोजना गर्दैछ भने ओलम्पिक्स र पारालिम्पिक्सको आयोजना लागि पनि तत्परता देखाएको छ ।

कतारले विश्वकपलाई सफल बनाउन सम्पूर्णरुपमा तयार रहको बताउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *