अवैधरूपमा भारत जाँदै गरेका ४ युवतीको उद्धार
- असार २४, २०७८
- 0

भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ ।
शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।
पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताए ।
अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।
-रासस
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]