सामाजिक सुरक्षा कोषप्रति असहमति जनाउदै नवलपुरमा बैंकका कर्मचारीहरुको प्रर्दशन

news-details

सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सा.सु. कोषमा आवद्घ हुन नसक्ने विविध बुँदाहरुसहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जवर्जस्ती लागु गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए ।

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरुनै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने तथा खााई पाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनले वताए ।

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो ।

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया