आजदेखि आन्तरिक हवाई सेवा सुरू, दैनिक ६७ उडान हुने

news-details

कोरोना महामारी बढेसँगै गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सञ्चालनमा आएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनसुार आजदेखि नागरिक उड्डयन प्राधिकरणले नियमित रुपमा आन्तरिक उडान सुरु गरेको हो ।

प्राधिकरणले चारवटा वायुसेवाको तालिका स्वीकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

प्राधिकरणको उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३, नेपाल एअर २, तारा एअर २, समिट एअर २ र सीता एअरले २ दैनिक उडान गर्न पाउनेछन् ।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् ।

सुर्खेत, नेपालगन्ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति आज टुंगो लाग्ने प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय उडान पनि सुचारू गरिएकाे छ । हाल पाँच वटा हवाई कम्पनीले उडान अनुमति पाएकाेमा अब थप चार वटा हवाई कम्पनीलाई पनि अनुमति दिइएको छ । जसअनुसार नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअर इण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्न सक्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *