आन्तरिक हवाइ उडान असार १७ देखि खुल्ने
- असार १४, २०७८
- 0
सरकारले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खोल्ने भएको छ।
कोरोना भाइरस संक्रमण बढेपछि उडान रोकिएको थियो। अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको छ।
विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।
नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ।
यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीनरतीन उडान स्वीकृति दिइएको छ।
साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ।
विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]









