गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार

news-details

सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरेको हो ।

एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

उनीहरुलाई स्वास्थ्य सेवाको सुरक्षित मापदण्ड अनुसार माइती नेपालमा आश्रय दिइएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महिलामन्त्री लीलानाथ श्रेष्ठले खुल्ला सिमानाको कारण मानव बेचविखन भइरहेकाले पहिलो प्राथमिकता उद्धार र पुनःस्थापना भएको बताउनुभयो ।

मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, बेचविखनमा परेकाहरु उद्धार पुनःस्थापना र पारिवारिक पुनर्मिलनको काम गर्दै आएको छ ।

यसका लागि महिला मन्त्रालयले १० वटा पुनःस्थापना केन्द्र सञ्चालन गरेको छ ।

पुनःस्थापना केन्द्रमा आर्थिक सशक्तिकरणका लागि जिविकोपार्जनका तालिम प्रदान गरिन्छ ।

चालु आर्थिक वर्षमा मात्रै भारत लगायत तेस्रो मुलुकमा अवैध बाटोबाट गएर अलपत्र परेका ११ सय जति महिला, बालबालिकालाई उद्धार गरिएको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *