सिन्धुपाल्चोकका बाढीपिडितलाई हिमालय सीमापार र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघद्धारा १५ लाख बराबरको राहत प्रदान

news-details

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोका कारण पीडित भएका परिवारलाई नेपाल हिमालय सीमापार बाणिज्य संघ तथा सिन्धुपाल्चोक उद्योग बाणिज्यले १५ लाख रुपैया बराबरको राहत प्रदान गरेको छ ।

हिमालय सीमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) सहितको टोलिले हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा मेलम्ची नगरपालिका प्रमुख डम्मर बहादुर अर्यालको उपस्थितीमा उक्त क्षेत्रका बाढीपीडितलाई राहत वितरण गरेका थिए ।

दुवै संघको सयुक्त पहलमा बाढीपिडितका लागि खाद्य सामाग्री, त्रिपाल, पोलार, मेट्रेस,जेनेटर र सोलार लाइटलगायतका सामाग्री वितरण गरिएको थियो । सो अवसरमा हिमालय सिमापार बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष रामहरी कार्की, उपाध्यक्षद्धय सुजित बस्नेत र नयन पन्डित क्षेत्री, बरिष्ठ सचिव भक्तबहादुर पराजुली, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामकाजी पौडेल, सदस्य रुपक धिताल , रामबाबु श्रेष्ठ , रबिन रोक्का साथै सिन्धु बिजनेस ग्रुपका दिनेश पौडेल, रत्न पराजुली र राजेन्द्र रिजालको पनि सहभागिता रहेको थियो ।

यसअघि यी दुई संस्थाले सयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लामा कोभिड–१९ को दोश्रो लहर थप फैलन नदिन जिल्लाका १२ वटा स्थानीय तह, प्रशासनिय निकाय, अस्पताल, स्वास्थ चौकी, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत अन्य निकायमा अक्सिमिटर, सेनिटाइजर, सर्जिकल ग्लोबस, एन ९५ माक्स, सर्जिकल माक्स, थर्मल गन, पिपिई सेट र आवश्यक ठाउँमा इलेक्ट्रिकल अक्सिजन मेशिन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

यस्तै हिमालय सिमापार बाणिज्य संघले रसुवा भन्सार नाका क्षेत्र, चौतारा अस्पताल, तातोपानी नाका क्षेत्र तथा काठमाडौको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ संक्रमण रोकथामका लागि सेनिटाइजर, मास्क, पिपिई लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो भने विर अस्पतालमा खानेपानीको अभाव मेटन मिनिरल वाटर सहयोग गरेको थियो ।

वि.सं. २०७२ को भूकम्प यता सीमानाका सहज सुचारु हुन नसक्दा र पछिल्लो १ वर्षयता कोभिड–१९ बाट सिर्जित परिस्थितीका कारण नेपाल–चिनबीच व्यापार व्यवसाय गर्ने व्यवसायीहरु अत्यन्तै मर्कामा रहेका भएपनि मानविय धर्म निर्वाहमा भने यसरी नै जुटिरहने संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *