जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण
- जेष्ठ २५, २०७८
- 0

कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोध अनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ ।
नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
-रासस
0 प्रतिक्रिया
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ […]
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]