भिजन एण्ड भ्यालु ओभरसिजद्वारा लमजुङको सहोदर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

news-details

लमजुङको राइनास नगरपालिका-७, धमिलिकुवास्थित सहोदर सामुदायिक अस्पताललाई प्रतिष्ठित बैदेशिक रोजगार संस्था भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.ले दुईअक्सिजन कन्सन्टेटरसहित स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

भिजन एण्ड भ्यालुका संतालक एवं समाजसेवी पदमराज पौडेलले ती सामग्रीहरु अस्पतालमा नै पुगेर हस्तान्तरण गरेका हुन् । भिजन एण्ड भ्यालु ओभरसिजले अस्पताललाई सहयोग दिएको स्वास्थ्य सामग्रीहरुमा दुई थान अक्सिजन कन्सन्टेटर, केहि थान ग्लोव, पीपीई र स्यानिटाइजर रहेका छन् । ती स्वास्थ्य सामग्रीहरु भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पौडेलले अस्पतालका सञ्चालक डा शिव श्रीमललाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संक्षिप्त मन्तब्य राख्दै समाजसेवी पौडेलले अहिलेको कोभिड महामारीसंग जुध्न सबैको सामुहिक प्रयाश र प्रतिबद्धता हुनु पर्ने बताए । उनले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार यस क्षेत्रीय बिरामीहरुको उपचारमा मद्दत पुगोस भन्ने उद्देश्यों स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए । भिजन एण्ड भ्यालु ओभरसिजको सहयोग प्रति अस्पतालले घन्यबाद ज्ञापन गरेको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा शान्ती पाण्डे, सन्तोष भुर्तेल, जनार्दन पाण्डे इन्दिरा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

देशमा आइपर्ने हरेक विपत्तिमा सहयोगका लागि जुटने भिजन एण्ड भ्यालुले केहि समय अघि मात्रै कोभिड १९ का कारण भएको रगत अभावलाई योगदान गर्न रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको भिजन एण्ड भ्यालुले गतवर्ष पनि कोभिड महामारीकैबीचमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

साथै भिजन एण्ड भ्यालुले गतवर्ष देशभरका विभिन्न अस्पताललाई कोभिड रोकथाम र उपचार सहजताका लागि पिपिई सेट, ग्लोब, माक्सलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।

नेपाली कामदारलाई सुरक्षित, आकर्षक र विश्वासीलो तवरले वैदेशिक रोजगारीमा पठाइरहेको भिजन एण्ड भ्यालु ओभरसिजले देशमा आइपर्ने विभिन्न विपत्तिमा सहयोगका अलवा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *