हिमालय सिमापार र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघद्धारा कोभिड रोकथामका स्वास्थ्य सामाग्री सहयोग
- जेष्ठ १३, २०७८
- 0
नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले सिन्धुपाल्चोक जिल्लामा कोभिड रोकथामका स्वास्थ्य सामाग्रीहरु सहायता स्वरुप उपलब्ध गराएको छ ।
कोभिड–१९ को दोश्रो लहर थप फैलन नदिन दुवै संस्थाले जिल्लाका १२ वटा स्थानीय तह, प्रशासनिय निकाय, अस्पताल, स्वास्थ चौकी, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत अन्य निकायमा अक्सिमिटर, सेनिटाइजर, सर्जिकल ग्लोबस, एन ९५ माक्स, सर्जिकल माक्स, थर्मल गन, पिपिई सेट र आवश्यक ठाउँमा इलेक्ट्रिकल अक्सिजन मेशिन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार), निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ र नेपाल हिमालय सिमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सहयोगस्वरुप प्रदान गरिएको स्वास्थ्य सामाग्रीहरु सहि ठाँउमा सदुपयोग गर्दै महामारी संक्रमण कम गर्ने विश्वास लिएको जनाउदै दुवै संस्थाले आगामी दिनमा थप आवश्यक सहायता उपलब्ध गराउने जनाएका थिए ।
यसअघि हिमालय सिमापार बाणिज्य संघले चौतारा अस्पताल, तातोपानी नाका क्षेत्र तथा काठमाडौको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ संक्रमण रोकथामका लागि सेनिटाइजर, मास्क, पिपिई लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो भने गत साता मात्रै विर अस्पतालमा खानेपानीको अभाव मेटन मिनिरल वाटर सहयोग गरेको थियो ।
वि.सं. २०७२ को भूकम्प यता सीमानाका सहज सुचारु हुन नसक्दा र पछिल्लो १ वर्षयता कोभिड–१९ बाट सिर्जित परिस्थितीका कारण नेपाल–चिनबीच व्यापार व्यवसाय गर्ने व्यवसायीहरु अत्यन्तै मर्कामा रहेका भएपनि मानविय धर्म निर्वाहमा भने यसरी नै जुटिरहने संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो ।