हिमालय सीमापार बाणिज्य संघद्धारा सिन्धुपाल्चोक जिल्ला अस्पताल र तातोपानी नाका क्षेत्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण

news-details

नेपाल हिमालय सीमापार बाणिज्य संघले सिन्धुपाल्चोक सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पताल र तातोपानी नाका कार्यालय क्षेत्रमा कोभिड–१९ संक्रमण रोकथामका स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्री, बरिष्ठ सचिव भक्त पराजुली र सदस्य सिंहबहादुर श्रेष्ठले चौतारा अस्पतालका प्रमुख इश्वरी क्षेष्ठलाई कोभिड–१९ रोकथामका लागि मास्क १० हजार थान, सेनिटाइजर ६५ लिटर र पिपिई २० थानलगायतका स्वास्थ्य सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरेका हुन ।

यस्तै आजै संघका कर्मचारी दिपक राज पौडेलले भोटेकोसी गाउपालीका वडा नं. २ र ३ का वडा अध्यक्षहरुको उपस्थितीमा तातोपानी भन्सार कार्यालय पुगेर भन्सार कार्यालय मजदुर संघ, सीमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी बल र सिमा प्रहरी चौकीलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

यसअघि संघले सोमबार काठमाडौको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ संक्रमण रोकथामका लागि सेनिटाइजर, मास्क, पिपिई लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो भने गत साता मात्रै विर अस्पतालमा खानेपानीको अभाव मेटन मिनिरल वाटर सहयोग गरेको थियो ।

संघले चिनसँगको सीमानाका क्षेत्र तथा सरकारी अस्पतालहरुमा यसरी नै स्वास्थ्य सामाग्री तथा आवश्यक सहयोग उपलब्ध गराउदै जाने जनाएको छ ।

वि.सं. २०७२ को भूकम्प यता सीमानाका सहज सुचारु हुन नसक्दा र पछिल्लो १ वर्षयता कोभिड–१९ बाट सिर्जित परिस्थितीका कारण नेपाल–चिनबीच व्यापार व्यवसाय गर्ने व्यवसायीहरु अत्यन्तै मर्कामा रहेका भएपनि मानविय धर्म निर्वाहमा भने यसरी नै जुटिरहने संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *