हिमालय सीमापार बाणिज्य संघद्धारा प्रसुति गृहमा स्वास्थ्य सामाग्री हस्तान्तरण
- जेष्ठ १०, २०७८
- 0
नेपाल हिमालय सीमापार बाणिज्य संघले थापाथलीमा रहेको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ संक्रमण रोकथामका स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संघका अध्यक्ष अशोक कुमार श्रेष्ठसहितका पदाधिकारीहरुले प्रसुति गृह पुगेर सहयोग स्वरुप ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
संघले अस्पताललाई सेनिटाइजर, मास्क, पिपिई लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । ‘हामीले कोभिड संक्रमणको बढदो बृद्धिदरलाई मध्यनजर गर्दै महिला तथा बालबालिकाको उपचार एवं प्रसुति सेवा केन्द्रकारुपमा रहेको यो अस्पताललाई संक्रमण रोकथामका सामाग्री सहयोगस्वरुप उपलब्ध गराएका हौ ।’
यसअघि गत साता मात्रै विर अस्पतालमा खानेपानीको अभाव मेटन मिनिरल वाटर सहयोग गरेको संघले आगामी दिनमा सरकारी अस्पतालहरुमा पनि यसरी नै आवश्यक सहयोग जारी राख्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वि.सं. २०७२ को भूकम्प यता सीमानाका सहज सुचारु हुन नसक्दा र पछिल्लो १ वर्षयता कोभिड–१९ बाट सिर्जित परिस्थितीका कारण नेपाल–चिनबीच व्यापार व्यवसाय गर्ने व्यवसायीहरु अत्यन्तै मर्कामा रहेका भएपनि मानविय धर्म निर्वाहमा भने यसरी नै जुटिरहने श्रेष्ठले बताउनुभयो ।