अर्बन नेपाली समाज सिड्नीको अध्यक्षमा रबिन्द्रकुमार शर्मा चयन
- जेष्ठ ४, २०७८
- 0
अष्ट्रेलियाको अबर्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था अबर्न नेपाली समाजको अध्यक्षमा रविन्द्रकुमार शर्मा चयन भएका छन ।
सिड्नीको अबर्न पार्कमा आयोजित साधारणसभाले शर्माको अध्यक्षतामा आगामी कार्यकालका लागि उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ र सविन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत र युवा संयोजकमा युद्धिका कुँवर चयन गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरमा मनोज अधिकारी, भुपेन्द्र कँडेल, आयुष अधिकारी, निशान कार्की, धिरेनबहादुर थापा र दिपेन्द्र घिमिरे चयन भएका छन् ।
यस्तै सल्लाहकारमा दिनेशकुमार पोखरेल, पत्रकार मनऋषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ, शशी राई र राजु गिरी चयन भएका छन् भने निवर्तमान अध्यक्ष अशोक उप्रेति संस्थाको संरक्षक चयन भएका छन ।
१० वर्षअघि विद्यार्थीकारुपमा अष्ट्रेलिया प्रवेश गरेका शर्माले सिडनीको नेपाली समूदायमाझ सफल व्यवसायी र समाजसेवीकोरुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन ।