पुनः रोजगारीका लागि कोरियन भाषा परीक्षा भदौ ८ बाट सुरु हुदै
- साउन २४, २०७५
- 0

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।
यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ ।
मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिए । गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।
0 प्रतिक्रिया
बार निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै

शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज सुरु हुँदैछ । आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि […]
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय […]
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा […]
प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक […]
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी […]