नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्यको सहमति
- रोजगारमञ्च
- चैत्र १३, २०७७
- 0

नेपाल र ओमनका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति भएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा। फहाद अलजुलन्दा अल साइदिबीचको भेटमा उक्त सहमति भएको हो ।
सहकार्यको शुरूआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । अनुसन्धान तथा प्राज्ञिक विषयमा थप सहकार्यका लागि छलफल गर्ने सहमति भएको जनाइएको छ ।
सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देश फात्माअल खुजैरी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा सहभागी थिए ।
0 प्रतिक्रिया
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष […]
अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने

अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक […]
अमेरिकाले हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट गरेर नेपाल फर्कायो

अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्यामा नेपालीलाई निष्कासन (डिपोर्ट) गरेर नेपाल फर्काएको छ। अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका […]
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]