रोजगारका लागि सामाजिक सञ्जाल र मोवाइल एप ‘रोलिङ नेक्सस’ सार्वजनिक

news-details

नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ र मोवाइल एप ‘रोलिङ नेक्सस’ सार्वजनिक भएको छ । रोलिङ प्लान्स प्रालिले ल्याएको रोलिङ नेक्ससको ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ मुल नारासहित सार्वजनिक गरिएको हो ।

रोलिङ नेक्ससको सामाजिक सञ्जाल र मोवाइल एप श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले मंगलबार एक कार्यक्रमकाबीच सार्वजनिक गरे ।

रोलिङ नेक्ससको मुख्य लक्ष्य रोजगारी सृजना, प्रवद्र्धन, दक्षता अभिवृद्धिका साथै उद्यमशिलता विकास गर्ने रहेको छ । इम्प्लोइमेण्ट, इन्टरप्रेनरशिप, इम्पावरमेण्ट र इन्गेजमेण्ट गरी ‘४ इ’ लाई प्राथमिकता दिने रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले जानकारी दिए । उनले भने–‘ गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायिक वृद्धि, महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समूहलाई पनि अवसर र सम्भावना दिने छौ ।’

रोलिङ नेक्ससको मुल एप बाहेक अन्य दुई मोवाइल एप्लिेकसन रोलिङ कर्मसिल स्वदेश र रोलिङ कर्मसिल विदेश पनि सार्वजनिक गरेको छ । रोलिङ कर्मसिल स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत उपलब्ध गराउने जनाइएको छ । साथै, स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न पनि सकिने बताइएको छ ।

रोलिङ कर्मसिल विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजी, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सक्ने सुविधा रहेको अध्यक्ष जंगमले जानकारी गराए ।

रोलिङ नेक्ससले रोलिङ जब, रोलिङ टेण्डर, रोलिङ फ्रिलान्स, रोलिङ क्याट, रोलिङ इभेन्ट, रोलिङ छलफल, रोलिङ बजार सबै क्षेत्रका काम गर्ने जनाएको छ । मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अवस्थामा नयाँ सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्देश्यले रोलिङ नेक्सस सुरु गरिएको अध्यक्ष जंगमको भनाई छ ।

एउटै प्लाटफर्ममा सबै प्रकारका सेवा उपलब्ध गराएको रोलिङ नेक्ससको सफलताको शुभकामना मन्त्री चौधरीले दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयल, पूर्वसेनापति रुक्माङ्गत कटुवालले लनलाइन माध्यमको प्रयोगको सदुपयोग गरेर रोलिङ नेक्ससले नयाँ आयाम थपेको भन्दै शुभकामना दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *