सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य पुनः नेपाल आउदै
- फाल्गुन २०, २०७७
- 0

सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने भएको छ ।
बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त टोली आगामी मार्च १५ अर्थात् चैत्र २ गते नेपाल आउने भएका हुन् ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आज दूतावासमा सो आरोहण दलका सदस्यहरुले भेट गर्दै उक्त जानकारी गराएका हुन् । सगरमाथा आरोहणका लागि आवश्यक तयारी भइरहेको दूतावासले जानकारी दिएको छ ।
सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।
0 प्रतिक्रिया
अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने

अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक […]
अमेरिकाले हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट गरेर नेपाल फर्कायो

अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्यामा नेपालीलाई निष्कासन (डिपोर्ट) गरेर नेपाल फर्काएको छ। अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका […]
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]
विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी […]