दक्षिण कोरियाले सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने
- पुस १०, २०७७
- 0

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएस अन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ ।
यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।
कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ ।
यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।
0 प्रतिक्रिया
घरेलु महिला कामदारहरुलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरुलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् […]
दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका दुर्गा प्रसाईँसहित सातजना डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले हिजो […]
उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीस नियुक्त भएका छन् । न्यायपरिषदको आजको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश […]
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । […]
सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको […]