नेपालका मियालाई एनएचआरएफ साहित्य सम्मान

news-details

राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मियाले एनएचआरएफ साहित्य सम्मान २०२० पाएका छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार फाउन्डेसन तथा एनएचआरएफ फाउन्डेसनको संयुक्त कमिटीले मियालाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । राष्ट्रिय मानव अधिकार तथा मानवकल्याणकारी संगठनले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव तथा ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२० को अवसर पारेर विश्वका विभिन्न देशका नागरिकलाई सम्मान गर्ने क्रममा मियालाई पनि सम्मानित गरेको हो ।

खाडी मुलुक विशेष गरी कतार तथा त्यहाँको सरिया कानुन र अरेबिक भाषाका विज्ञ मिया लामो समयदेखि कतारमा बसेर नेपाल–कतारबीचको सम्बन्ध विस्तार तथा त्यहाँ रहेका नेपालीको हक हित तथा अधिकारको काममा क्रियाशील छन् । मियालाई उक्त संस्थाले यस वर्षको साहित्यतर्फको विधामा सम्मान गरेको हो । उक्त सस्थाबाट मियासहित विभिन्न देशका ३३ जना सम्मानित भएका छन् ।

२००७ मा कतार प्रवेश गरेका प्रोफेसर मिया मानव अधिकार तथा अन्तर्राष्ट्रिय मामिला अध्ययनरत छन् । मियाले अरबी भाषा र साहित्यमा स्नातकोत्तर गरेका छन् ।

विश्वका दर्जनौं मानव अधिकारवादी संघ–संस्थाले प्रतिनिधि चयन गर्ने क्रममा राष्ट्रिय समाज रत्न सम्मानबाट सम्मानित प्रोफेसर मियालाई कतारस्थित प्रतिनिधि चयन गरेका छन । मियाले कतारको श्रम ऐन लगायत कतारको विभिन्न ऐन तथा कानुनी पुस्तकहरु नेपाली भाषामा अनुवाद गरिसकेका छन् ।

विभिन्न विधामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा सम्मानित हुने मिया पहिलो नेपाली हुन् । मियालाई निकट भविष्यमै भारत समाज सेवा रत्नबाट विभूषित गरिँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *