कतारको नासर अल अलीमा १० बर्ष काम गरे बापत दुई नेपालीले पाए नगद पुरस्कार

news-details

कतारको नासर अल अली इन्टरप्राइजेज कम्पनीमा इमान्दारीपूर्वक १० बर्षभन्दा बढि काम काम गरे बापत दुई नेपालीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना दुई नेपाली कामदार चन्द्रबहादुर राई र दिपबहादुर पुरीलाई इमान्दारिता र उत्कृष्ट काम गरेवापत जनही १५ हजार रियाल पुरस्कार प्रदान गरी सम्मानित गरेको हो ।

सामान्य परिवारबाट रोजगारीका लागि कतार पुगेका राई र पुरीले उक्त कम्पनीमा १० बर्षभन्दा बढि काम गरेर कम्पनीको मन जित्न सफल भएका हुन् । कम्पनी दिएको १५ हजार इनाम आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने उनीहरुले बताएका छन् ।

नासर अली अल अली, कम्पनीका मालिक नासर अल अली हुन् । उनले आफनो कामदारको मनोवल उच्च राख्न यस्ता सम्मान प्रदान समयसमयमा परिरहेका हुन्छन् ।
कम्पनीका मालिक आफ्नो रोजगारदाता मात्र नभई अविभावक पनि भएको राई र पुरीको भनाई छ । उनीहरु भन्छन्–‘यस कम्पनीमा काम गर्न पाउनु हाम्रो अहोभाग्य हो ।’
सामान्य कामदारका रुपमा कतार पुगेका उनीहरु अहिले ट्रेडमा काम गर्न सक्ने दक्ष कामदार भइसकेका छन् । नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने उनीहरु कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए ।

कम्पनीले नेपाली कामदार मात्र नभएर त्यहाँ इमान्दारीपूर्वक १० बर्ष काम गर्ने सबै कामदारलाई नगद १५ हजार रियाल प्रदान गर्दै आएको छ ।

कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताएका छन् । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने अलीको भनाई छ ।

त्यसैगरी नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना कामदारले साइटमा उत्कृष्ट काम गरे बापत सर्टिफिकेट र नगद एक हजार रियालसमेत प्रदान गरेको छ ।

आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएकाछन् । उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकनस्वरुप गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको अलीले बताए ।

नासर अल अलीको भिडियो रिपोर्ट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *