कुवेती सरकारद्वारा राजीनामा
- अशोज २१, २०७७
- 0

कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजीनामा दिएको छ ।
प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन् ।
आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजीनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।
कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ ।
रासस
0 प्रतिक्रिया
एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका […]
नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण […]
आज चार संसदीय समितिको बैठक बस्दै

आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक […]
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो । […]
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे […]