वैदेशिक रोजगार कार्यालय ताहाचलको कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति दिन बन्द
- अशोज १४, २०७७
- 0
वैदेशिक रोजगार विभागको काठमाडौ कार्यालय ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तत्कालका लागि उक्त कार्यलयबाट दिइदै आएको श्रम स्वीकृतिको काम बन्द भएको छ ।
कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तत्कालका लागि कार्यालय खुल्ला रहेपनि सेवा दिने काम रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिएका छन ।
दाहालका अनुसार अन्य कर्मचारीमा पनि शंकास्पद लक्षण देखिएको हुदा उनीहरुको पनि परीक्षणको तयारी भैरहेको छ ।
कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको श्रम स्वीकृतिको काम निषेधाज्ञापछि सुरु भएको थियो ।